एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

जयपृथ्वी राजमार्ग अन्तर्गत बित्थडचिर गाउँपालिका–६ को चिसापानीमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।

देउलेखबाट सुनकुडा तर्फ गइरहेका देउलेख प्राथमिक स्वास्थ्य चौकीको सुपप्र ०१–०११ झ ३६१ नम्बरको एम्बुलेन्सले से ५ च २४२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय गोविन्द महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

घाइते भएका महरको उपचारको लागि डडेल्धुरा लिँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्