लागु औषधसहित एक जना पक्राउ

कैलालीको धनगढीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नं. ३ त्रिनगर भन्सारबाट लागूऔषधसहित हसनपुरका ३९ वर्षीय योगेश भण्डारी पक्राउ परेका हुन् । करिब ३ सय मिलिग्राम र नियन्त्रित लागूऔषध नाईट्राभेट एक ट्याब्लेटसहित भण्डारीलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले लागूऔषध फेला पारेपछि उनलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्