बलातकार आरोपी पक्राउ गर्न जाँदा पुलिस र पीडितलाई गाउँलेद्धारा कुटपिट

कालीकोटमा जबर्जस्ती करणीको आरोप लागेका एक अभियुक्तलाई पक्राउ गर्न जाँदा पीडित परिवार र प्रहरीमाथि कुटपिट भएको छ ।

बलातकारका आरोपी पलाँता गाउँपालिका–६, सैनका ३१ वर्षीय संकल्प बुढालाई पक्राउ गर्न गएका प्रहरी र पीडित परिवारमाथि गाउँलेले आक्रमण गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । सोमबार विहान साढे ६ बजे बुढालाई प्रहरीले जिल्ला सदरमुकाम ल्याउने क्रममा स्थानीयले प्रहरी र पीडित महिलाका परिवारमाथि आक्रमण भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधव श्रेष्ठले जानकारी दिएका छन ।

प्रहरीका अनुसार बुढाले २०७९ असोज ३१ गते गाउँकै एक दलित महिलामाथि बलात्कार गरेका आरोप लागेको छ । पीडित परिवारले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो ।

बलात्कार आरोपी बुढा हतकडीसहित फरार भएका छन , फरार रहेका बुढा घरमा आएको जानकारी पाएपछि प्रहरीले सोमबार विहान ४ बजे उनलाई पक्राउ गर्न चार जना प्रहरी टोली खटाएको थियो । त्यस क्रममा गाउँलेहरुको आक्रमणबाट इलाका प्रहरी कार्यालय पलाँताका असई लक्ष्मी ढुंगेल रावत र पीडित परिवारका सदस्य घाइते भएको एसएसपी श्रेष्ठले जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्