खाली ग्यास सिलिण्डर बोकेको मालबाहक सवारी भासु भिरमा बाट खसेको छ ।

आइतबार राति १ बजे दार्चुलाबाट धनगढी आउँदै गरेको खाली ग्यास सिलिण्डर बोकेको मालबाहक सवारी भासु भिरमा दुर्घटना भएको हो ।

कैलाली जिल्लाको चुरे गाउँपालिका वडा नं। ५ खानीडाँडास्थित भासु भिरमा ७र८ सय मिटर तल ट्रक खसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चालक तारानगरका राजेन्द्रप्रसाद बिष्टलाई भने केही न भएको जानकारी आएको छ
सुदूरपश्चिम प्रदेश ०१००१ क १८१० ट्रक दुर्घटनामा परेको हो ।

गाडीमा रहेका ग्यास सिलिण्डर र ट्रकमा क्षति पुगेको छ भने मानवीय क्षति नभएको जानकारी जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको छ

गाडी र गाडीमा रहेका खालि सिलिन्डरहरु पुर्ण रुपमा क्षति भएको बताइएको छ, राजेन्द्रप्रसाद बिष्ट लटिनाथ मार्केटिङ फर्मका सञ्चालक हुन् । सो क्षेत्रमा प्रहरी परिचालन भएर क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्