संसद बौठकमै कपडा खोलेर बिरोध

आज प्रतिनिधि सभा सदस्य डा। अमरेशकुमार सिंहले प्रतिनिधि सभा बैठकमा आफ्नो
कपडा खोलेर बिरोध जनाउनुभएको छ ।

सोमवारको प्रतिनिधि सभा बैठकको शुरुमै बोल्नका लागि हात उठाउनुभएका सांसद
सिंहले बोल्न समय पाउनुभएको थिएन । सांसदहरु सिंह र प्रेम सुवालले आकस्मिक
समयमा बोल्नुपर्ने माग गर्दै हात उठाएर उठ्नुभएको थियो । तर सभामुखले
बैठकमा आकस्मिक समय र विशेष समय नरहेको र बैठक नियमित कारबाहीमा जाने
भनेसँगै सांसद सिंहले आफ्नो सर्ट र भित्री गन्जी खोलि बिरोध जनाउनुभएको हो

। त्यससँगै संसदमा अन्य दलका सांसदहरु समेत बोल्न पाउनुपर्ने माग उठेका थिए
। तर सभामुख देवराज घिमिरेले सांसद सिंहलाई अशिष्ट, अश्लिल, अपमानजनक
व्यवहार नगर्न अनुरोध गर्नुभयो , अनुशासित नभए सांसद सिंहमाथि अन्य कारबाही
हुने चेतावनी पनि उहाँले दिनुभयो ।

यससँगै सभामुखले शुन्य समयको कार्यक्रम प्रारम्भ गर्नुभयो । हाल प्रतिनिधि
सभा बैठक चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्