मोरङको बिराटनगर महानगरपालिका–१५ स्थितबाट अवैध सुन, चाँदी जस्तो देखिने धातुका गरगहना बोकेको गाडी सहित ३ जना मानिस पक्राउ परेका छन ।
पक्राउ पर्नेमा गाडी चालक ५२ बर्षीय बिमल कामत, भारत बिहार कटिहारका ६१ बर्षीय बिनोद कुमार मुरारका र उनकि श्रीमती ५६ बर्षीया पुष्पा मुरारका रहेका छन ।
बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट परिचालन भएको प्रहरी बरिष्ट नायव निरीक्षक फिरोज चौधरी सहितको प्रहरी टोलीले संकास्पद अवस्थामा बिराटनगरबाट रानीतर्फ जादै गरेको को २ च १४९५ नम्वरको इको भ्यानलाई रोकी चेक जाँच गर्ने क्रममा भ्यानमा लुकाई छिपाई राखेको अवस्थामा र भ्यानमा सवार रहेका उनिहरुको शरिर खानतलासी गर्ने क्रममा सुन जस्तो देखिने पहेलो धातुबाट बनेका बिभिन्न प्रकारका गरगहनाहरु, चाँदी जस्तो देखिने सेतो धातुबाट बनेका बिभिन्न प्रकारका सामग्रीहरु र बिभिन्न दरका भारतिया रुपैयाँ ७ लाख ९५ हजार २ सय ८९ रुपैयाँ बरामद गरेको हो ।
बरामद गरिएका निम्न अनुसारका गरगहना, नगद र इको भेन समेत गरी करिव ९० लाख मुल्य बरावरको सामाग्रीहरु आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय रानी मार्फत जिल्ला प्रहरी कार्यालय मोरङमा पठाइएको छ भने अन्य थप अनुसन्धान भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्