काठमाडौंका अव्यवस्थित तार आजबाट हटाउन सुरु

 

आजबाट काठमाडौं महानगरपालिकाले अव्यवस्थित तार व्यवस्थापन गर्ने भएको छ, आइतबार भएको महानगर प्रहरी प्रमुख र साझेदारबीच छलफलबाट सोमबारबाट तार व्यवस्थापन गर्न थालिने सहमति भएको हो ।

चाहिनेभन्दा धेरै तार राखेर पोलमा भएको जोखिम, सहरी सुन्दरतामा देखिएको असर र आगलागीको जोखिमलगायत पक्षमा छलफल गर्दै बैठकले पहिलो चरणमा माइतीघर मण्डलादेखि बानेश्वर हुँदै एयरपोर्टसम्म र न्युरोडदेखि वसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

महानगर प्रहरी ् प्रमुख राजु पाण्डेका अनुसार सोमबार बिहान माइतीघर मण्डला र न्युरोड गेटबाट व्यवस्थापनको काम थालिनेछ । यसमा नेपाल विद्युत् प्राधिकरण, दूर सञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवाप्रदायक संस्थाका प्रतिनिधि रहनेछन् ।

बैठकमा नेपाल दूरसञ्चार प्राधिकरण र काठमाडौं उपत्यका विकास प्राधिकरणका इन्जिनियरहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण धिताल, द इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपालका कोषाध्यक्ष पुष्कर कडाल, प्रमुख प्रशासकीय अधिकृत सुवेश खड्कासहित महानगरका अधिकारीहरू सहभागी थिए ।

काठमाडौं महानगरपालिकाले ११ वैशाखमा सार्वजनिक सूचना जारी गरेको थियो । बिजुलीका पोलहरूमा छाडिएका अनावश्यक तार हटाउन र आवश्यक पर्ने तारमा संकेत चिह्न (ट्याग लगाउन १५ दिनको समय दिएको थियो

प्रतिक्रिया दिनुहोस्