आईपीएमा रोहितको खराव कीर्तिमान

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत जारी सिजनको ४९ औँ खेल शनिबार चेन्नई सुपर किंग्सको घरेलु मैदान चेपौक स्टेडियममा मुम्बई इन्डियन्समाथि ६ विकेटको सहज जित हात पार्यो ।

यस खेलमा मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले आईपीएल इतिहासको निकै खराव कीर्तिमान आफ्नो नाम गरेका छन् । सो खेलमा मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा आफ्नो आईपीएल करियरमा १६ औं पटक शून्य रनमा आउट भए । उनी आईपीएल इतिहासमा धेरै पटक शून्यमा आउट हुने ब्याट्सम्यान पनि बनेका छन् । उनले सुनिल नारायणको कीर्तिमान तोडे । सामान्यतया रोहित ओपनिङ गर्न झर्छन्, तर शनिबार उनी तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका थिए । क्यामरुन ग्रीन इशान किशनसँग ओपनिङ गर्न आए तर उनी दोस्रो ओभरको पाँचौं बलमा आउट भए । तेस्रो ओभरमा इशान पनि आउट भए । रोहित तेस्रो नम्बरमा ब्याटिङ गर्न उत्रे तर उनी पनि तेस्रो ओभरको पाँचौं बलमा दीपक चाहरको शिकार बने ।

रोहित यो सिजन लगातार दोस्रो पटक शून्यमा आउट भएका छन् । यसअघि उनले पञ्जाबविरुद्ध खाता पनि खोल्न सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्