आज सन्दीप लामिछानेको मुद्दाको अन्तिम पेशी

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दाको अन्तिम बहसको पेशी आइतबारलाई तोकिएको छ।

बलात्कार आरोप लागेका लामिछानेको मुद्दाको चाँडो किनारा लगाउन सर्वोच्चले आदेश दिएको भए पनि विभिन्न कारणले मुद्दाको अन्तिम सुनुवाइ प्रभावित हुँदै आएको छ।
गत ११ वैशाखमा मुद्दाको अन्तिम बहस सुरु भए पनि न्यायाधीश दीपक ढकालले लामो बहसपछि मुद्दा हेर्न नभ्याइनेमा राखेसँगै लगातार सुनुवाइ हुन सकेको थिएन। जसको पेशी आजका लागि तोकिएको छ।

 

गत ११ वैशाखमा इजालासमा सरकारी पक्षका वकिलहरूले ४ घण्टा बढी बहस गरेका थिए। तर न्यायाधीशले इजालासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर निरन्तरता नदिएपछि उक्त बहस अर्थहीन भएको थियो।

सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले पीडित पक्षले पटक(पटक मुद्दाको सुनुवाइमा ढिलाइ गरेको भन्दै मंगलबार बलियो ‘अब्जेक्सन’ सहित अघि बढ्ने बताए, सन्दीपको मद्दामा २६ चैतमा शंकरराज बरालको इजलासले साक्षीको बकपत्र लिन आदेश दिएको थियो।

गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरुद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनको मुद्दामा पेशी तोकिएपनि पटक(पटक विभिन्न कारणले ढिला हुँदै आएको छ।

सन्दीपले सर्वोच्चोमा पुनरावेदन गरेपछि उनलाई सर्वोच्चले विदेश जान अनुमति दिएको थियो। मुद्दाको अन्तिम फैसला भने जिल्ला अदालतमा हुन बाँकी छ।

 

प्रतिक्रिया दिनुहोस्