ट्रकमा करेन्ट लागेर चालकको मृत्यु

भीमदत्त नगरपालिका-९ खल्लामा नेपालगञ्जबाट तारजाली बोकेर आइरहेको भे१ख ३९५३ नम्बरको ट्रकमा करेन्ट लागेर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्रक विद्युतको तारमा छुँदा करेन्ट लागेर चालक बाँकेको राप्ती सुनारी गाउँपालिका बस्ने ३२ वर्षीय खुमबहादुर रोक्का मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
रोक्का तटबन्ध निर्माणका लागि नेपालगञ्जबाट तारजाली बोकेर ल्याइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्