काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज डवल हेडर खेल हुँदैछ । आजको पहिलो खेल चेन्नई सुपर किंग्स (सीएसके) र मुम्बई इन्डियन्स (एमआइ) बीच खेलिने छ ।
चेन्नईको घरेलु मैदान एमए चिदम्बरम स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुने छ । अर्कोतर्फ, दिनको दोस्रो खेल दिल्ली क्यापिटल्स र रोयल्स च्यालेन्जर्स बैंग्लोरबीच दिल्लीको अरुण जेटली स्टेडियममा हुनेछ ।
आईपएिलका दुई सर्वधिक सफल टोली चेन्नई र मुम्बईबिचको खेललाई आईपीएलको एल क्लासिकोको रुपमा समेत चिनिने गरिन्छ । दुवै टोली यो सिजन दोस्रो पटक भिड्दैछन् । अन्तिम खेलमा दुवै टोली आमने सामने हुँदा चेन्नईले मुम्बईलाई ७ विकेटले पराजित गरेको थियो ।
चेन्नईले यो सिजन अहिलेसम्म खेलेका १० खेलमा ५ जित र ४ हार बेहोरेको छ । र एक खेल वर्षाका कारण रद्द भएको छ । टोलीको ११ अंक छ । डेभन कोनवे, मोइन अली, मथिशा पाथिराना र महिश टिक्षाना मुम्बईविरुद्धको टोलीका ४ विदेशी खेलाडी हुन सक्छन् । यी बाहेक ऋतुराज गायकवाड, अजिंक्य रहाणे र महेन्द्र सिंह धोनी जस्ता खेलाडीले टोलीलाई बलियो बनाएको छ । मुम्बईले यो सिजन अहिलेसम्म नौ खेल खेलेको छ । जसमा उसले पाँच जित र चार खेलमा हार बेहोरेको छ । एमआईसँग अहिले १० अंक छ । आफ्नो अन्तिम खेलमा मुम्बईले पञ्जाबलाई ६ विकेटले पराजित गरेको थियो । चेन्नईविरुद्धको टोलीका ३ विदेशी खेलाडी टिम डेभिड, क्यामरुन ग्रीन र जोफ्रा आर्चर हुन सक्छन् । यी बाहेक सूर्यकुमार यादव, तिलक वर्मा र पियुष चावला जस्ता खेलाडीले टोलीलाई बलियो बनाइरहेका छन् ।
चेन्नईविरुद्ध मुम्बई हावी ।।
चेन्नई र मुम्बई सबैभन्दा सफल आईपीएल टोलीहरू छन् । मुम्बई पाँच पटक र चेन्नई चार पटक च्याम्पियन बनेको छ । यी दुईबीच अहिलेसम्म जम्मा ३५ खेल भइसकेका छन् । जसमा मुम्बईले २० पटक र चेन्नईले १५ पटक जितेको छ ।
पिच रिपोर्ट
चेपौक स्टेडियमको पिचमा स्पिन बलरको वर्चस्व छ । त्यसैले ब्याट्सम्यानले स्पिनरहरूसँग सावधानीपूर्वक खेल्नुपर्छ । एमए चिदम्बरम स्टेडियमको पिचमा ब्याट्सम्यानलाई रन बनाउन निकै गाह्रो हुने गर्दछ ।
मौसम अवस्था
शनिबार चेन्नईमा मौसम राम्रो नहुने अनुमान गरिएको छ । त्यहाँ बादल लागेको छ र वर्षाको सम्भावना छ । आज त्यहाँको तापक्रम ३२ देखि २७ डिग्री सेल्सियसको बीचमा रहनेछ ।
सम्भावित प्लेइङ ११
चेन्नई सुपर किंग्सः
महेन्द्र सिंह धोनी (कप्तान, विकेटकिपर), ऋतुराज गायकवाड, डेभोन कोनवे, अजिंक्य रहाणे, मोइन अली, अम्बाती रायडु, शिवम दुबे, रवीन्द्र जडेजा, मथिशा पाथिराना, तुषार देशपांडे र महिश टेकशाना/दीपक चाहर ।
इम्प्याक्ट खेलाडी:
राजवर्धन हंगेरगेकर र शेख रशीद ।
मुम्बई इन्डियन्सः
रोहित शर्मा (कप्तान), टिम डेभिड, सूर्यकुमार यादव, तिलक वर्मा, क्यामरन ग्रीन, पियुष चावला, अरशद खान, इशान किशन (विकेटकिपर), कुमार कार्तिकेय र जोफ्रा आर्चर ।
इम्प्याक्ट खेलाडीः
आकाश मधवाल, ऋतिक शोकिन, जेसन बेहरेनडोर्फ र अर्जुन तेन्दुलकर ।
प्रतिक्रिया दिनुहोस्