मेस्सीले मागे सार्वजनिक रूपमा माफी

काठमाडौं । यस हप्ताको सुरुमा क्लबको अनुमतिबिना साउदी अरबको भ्रमण लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग सार्वजनिक रूपमा माफी मागेका छन् ।

लिग १ ले  अर्जेन्टिनाका विश्व विजेता मेस्सीमाथि जरिवाना लगाउँदै निलम्बन गरेको थियो । उनी माथि अनुमति बिना मध्यपूर्व देशको प्रचार भ्रमण गरेको आरोप लागाइएको थियो । ३५ वर्षीय, मेस्सी साउदी पर्यटन प्राधिकरणका राजदूत हुन् ।

क्लब र मेस्सीको वर्तमान विवादले विश्व कप विजेता र पीएसजी बीचको सम्बन्धमा केही तिक्तता रहेको स्पस्ट पारेको छ । मेस्सीले आगामी सिजनका लागि पीएसीसँगको सम्झैता नविकरण नगर्ने रिपोर्टहरु सार्वजनिक हुन थालेका छन् ।

सात पटकको बालोन डी’ओर विजेता मेस्सी दुई वर्षअघि बार्सिलोनाबाट पीएसजीमा प्रवेश गरेका थिए । बार्सिलोनाले गम्भीर आर्थिक समस्याका कारण मेस्सीसँगको सम्झैता नविकरण गर्न सकेको थिएन ।

मेस्सी फेरि नोउ क्याम्प फर्कने चर्चा चल्न थालेको छ । साउदी अरेबिया र संयुक्त राज्य अमेरिका पनि उनको अन्य सम्भावित गन्तव्यहरू हुन सक्ने हल्ला समेत चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्