उँभौली पर्वमा पनि कोशी प्रदेश नामाकरणको बिरोध ।

किराँत समुदायले मनाउने उँभौली पर्व शुक्रवार देशभरका किराँत समुदायले
मनाएका छन् । प्रकृति तथा भूमि पुजेर मनाइने यस पर्व देशभरका किराँत
समुदायले प्रकृति र भूमि पूजा गरेर मनाएका हुन् । यद्यपी यस वर्षभने पर्व
मनाए सँगसँगै किराँत समुदायले कोशी प्रदेश नामाकरण गरेकोमा बिरोध पनि
जनाएको छ ।

काठमाडौंको बानेश्वरमा भेला भएका किराँती समुदायले सांस्कृतिक
पहिचान झल्कने नृत्य तथा बाजागाजाहरुसहित प्रदेश नामाकरणको बिरोध गरेको
हुन् । सबैले आफ्नो सांस्कृतिक पोशाकसहित ‘कोशी मुर्दावाद’ लेखिएको
प्लेकार्डपनि प्रदर्शन गरेका थिए । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै
किराँत राई याक्खाका अध्यक्ष जीवन राईले राज्यले आफूहरुको चाड र सांस्कृतिक
पहिचानलाई बहिष्करणमा पारेकाले राज्यलाई खबरदारी गर्दै यस वर्षको उँभौली
पर्व मनाइएको बताएका हुन। उनले संघीयताको मर्म विपरित कोशी प्रदेश
नामाकरण गरिएको भन्दै त्यसमा आफूहरु विगत दुई महिनादेखि आन्दोलित भएका कारण
खुशीसाथ उँभौली पर्व मान्न नसकेको बताएका हुन।

उनले भने – पहिचानको बिरुद्धमा भएको कारणले गर्दा हामी
सडकमा छौँ । हामी पीडामा छौँ । दुई महिनादेखि सडकमा छौँ । हाम्रो चाडपर्व
खुशीको साथ मनाउनुभन्दा पनि खबरदारी, आक्रोश, पीडा व्यक्त गर्नेगरी
देशभरीको विभिन्न चोकमा यसरी उँभौली मनाएका छौँ ।’

कोशी प्रदेशको नाम परिवर्तन गरी प्राचिन सभ्यता, ऐतिहासिक पृष्ठभूमि र
सांस्कृतिक पहिचानको आधारमा पुनः नामाकरण गर्न उनले माग गरे ।

प्रतिक्रिया दिनुहोस्