मिटरब्याजीपीडितहरुको धर्ना कार्यक्रम जारी

तराईका विभिन्न जिल्लाबाट आइ आन्दोलनमा उत्रिएका मिटरब्याजीपीडितहरुले
आफ्नो धर्ना कार्यक्रम जारी राखेका छन् ।

काठमाडौंको शान्तिबाटिकामा उनीहरुले धर्ना जारी राखेका हुन् । तराईका
नवलपरासी, महोत्तरी, सर्लाही लगायत विभिन्न जिल्लाबाट दोस्रो चरणमा समूहमा
आएका उनीहरुले धर्नालाई निरन्तरता दिएका छन् ।

उनीहरुले आफ्ना माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै एक मिटरब्याजीपीडतले राजनीतिक रुपमा
दृष्टिबन्धक, तमसुक, छिनुवा र चेक बाउन्स अवैध घोषणा हुनुपर्ने बबताए। उनले यी सबैकुराको क्षतिपूर्ति व्यहोर्नुपर्ने बताए ।

अहिले सबैभन्दा ठूलो समस्या मुद्दा परिरहेकाले मुद्दा स्थगित हुनुपर्ने र मुद्दा
छिनोफानो भइसकेको भए पुनरावेदन हुनुपर्ने, पक्राउ पूर्जि रोक्नुपर्ने माग
आफूहरुको रहेको बताए।

उनीहरुले जेलमा भएका पीडितहरुलाई ससम्मान रिहा गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्