सर्बियामा सामूहिक गोलीकाण्डमा आठ जनाको मृत्यु र कम्तीमा १४ जना घाइते

सर्बियामा यस हप्ताको दोस्रो सामूहिक गोलीकाण्डमा आठ जनाको मृत्यु र कम्तीमा १४ जना घाइते भएपछि एक व्यक्तीलाई पक्राउ गरिएको छ।

 

बन्दुकधारीले बेलग्रेडबाट ६० किलोमिटर दक्षिणमा रहेको गाउँ नजिकै चलिरहेको गाडीबाट गोली चलाएको थियो, सर्बियाको गृह मन्त्रालयले उक्त व्यक्तीलाई पक्राउ गरिसकेको बताएको छ, बुधवार बेलग्रेडको एक विद्यालयमा एक केटाले नौ जनाको हत्या गरेपछि सर्बियाको यो दोस्रो सामूहिक गोलीकाण्ड हो।

प्रहरीले शुक्रबार नै पहिचान गरि क्रागुजेभाक शहर नजिकै बाट हिरासतमा लिएको थियो, जसमा ६०० भन्दा बढी पुलिस अधिकारीद्धारा खोजी गरिएको थियो, शुक्रबार बिहान, सर्बियाली पुलिसहरू म्लादेनोभाक र डुबोना गाउँहरूमा पुगेका थिए, जहाँ पछिल्लो गोलीबारी भएको थियो।

घटनास्थलका तस्बिरहरूको कारण प्रहरीले बन्दुकधारीलाई फेला पार्न सफल भएको हो, खोजीको लागि हेलिकप्टर, ड्रोन र धेरै प्रहरी गस्ती पनि प्रयोग गरियो, स्थानीय मिडियामा रिपोर्टहरू अनुसार बिहीबार साँझ डुबोनाको पार्कमा एक प्रहरी अधिकारीसँग बहस गरेपछि उक्त व्यक्तिले बन्दुक चलाउन थालेको थियो

त्यसपछि उक्त व्यक्तिले कारबाट मानिसहरूलाई गोली हानेर कम्तिमा आठ जनाको ज्यान लियो र धेरैलाई घाइते बनाएको स्थानीयले बताइए, ति मध्ये २१ र २३ वर्षका दुईजनाको शल्यक्रिया गरिएकोछ तर उनीहरुको अवस्था गम्भीर रहेको छ ।

बुधवार, एक तेह्र वर्षीय केटाले बेलग्रेडको आफ्नो स्कूलमा आठ जना साथी विद्यार्थी र सुरक्षा गार्डलाई गोली हानेको थियो। यसले घटनाले सर्बियाली सरकारले बन्दुकको लाइसेन्समाथी कडा प्रतिबन्धहरू नियम ल्याउने प्रस्ताव अघि सार्‍यो।सर्बियामा सामूहिक गोलीबारी अत्यन्तै दुर्लभ छ, किनकी तेहा बन्दुक सम्बन्धि धेरै कडा कानूनहरू छन्

प्रतिक्रिया दिनुहोस्