’ए’ डिभिजन लिगमा आज दुई खेल

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन् । लिगको दोस्रो लेगको दोस्रो राउण्ड अन्तर्गत आज दुई खेलहरु हुनेछन् । जसमा एक खेल दशरथ रंगशाला र एक खेल एन्फा मैदानमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र हिमालयनबीचको खेल दिउँसो ४ बजे सुरु हुनेछ । पुलिस आज पाँचौं जित निकाल्ने योजनामा हुनेछ ।

पुलिस १४ खेलमा १५ अंक जोडेर १२ औं स्थानमा रहेको छ । हिमालयन पनि पाँचौं जितको खोजीमा हुनेछ । हिमालयन १४ खेलमा १७ अंक जोडेर दशौँ स्थानमा रहेको छ । एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ ।

जावलाखेल र खुमलटारबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । शीर्ष स्थानको जावलाखेल आज आठौं जितको योजनामा हुनेछ । जावलाखेल १४ खेलमा २४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । खुमलटार पाँचौं जितको खोजीमा हुनेछ । खुमलटार १४ खेलमा १४ अंक जोडेर पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्