गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन

प्रदेश सभामा आज बिहीवार मुख्यमन्त्री पाण्डेले विश्वासको मत माग्दा ६० सदस्यीय प्रदेश सभामा उनको पक्षमा ३५ जना सांसदले सर्मथन गरेका छन् । उनको विपक्षमा २२ मत खस्यो । बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यकता पर्दछ । पाण्डेलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन रहेको छ भने नेकपा एमाले विपक्षमा रहेको छ ।

त्यसैगरी राप्रपा तटस्थ बसेको छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीको समर्थनमा पाण्डे वैशाख १४ मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उनले वैशाख १५ गते शपथ लिँदै दुई जना विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।

यसअघि माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको प्रदेश सरकार परिवर्तन भएको थियो । संसदमा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेशको विषयमा सबैसँग मिलेर अगाडि बढ्ने बताएउ ।

प्रतिक्रिया दिनुहोस्