तीन पटककी ओलम्पिक पदक विजेता बोवीको ३२ वर्षको उमेरमा निधन

काठमाडौं । तीन पटककी ओलम्पिक पदक विजेता तथा पूर्व १०० मिटर विश्व च्याम्पियन अमेरिकी धावक टोरी बोवीको ३२ वर्षको उमेरमा निधन भएको छ ।

बोवीले ब्राजिलमा सम्पन्न रियो ओलम्पिक २०१६ मा ४ बाइ १०० मिटर रिलेमा स्वर्ण जित्नुका साथै १०० मिटरमा रजत र २०० मिटरमा कास्य जितकी थिइन् । त्यसको एक वर्ष पछि सन् २०१७ मा उनले लन्डनमा सम्पन्न विश्व च्याम्पियनसिप १०० मिटर र रिलेमा स्वर्ण जितेकी थिइन् ।

युएसए ट्र्याक एण्ड फिल्डले बोवीको खेलमा परेको प्रभाव अतुलनीय रहको बताउँदै उनलाई विश्व एथलेटिक्शले उहाँलाई सधै सम्झिरहने बताएको छ । विश्व एथलेटिक्सले इन्स्टाग्राममा एक पोस्ट गर्दै उनको मृत्युलाई “गहिरो दुःख“ भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्