ब्रिटिश नम्बर एक एम्माले फ्रेन्च ओपन र विम्बल्डन गुमाउने

काठमाडौं । ब्रिटिश नम्बर एक एम्मा रादुकानुले फ्रेन्च ओपन र विम्बल्डन गुमाउने भएकी छिन् ।

चोटका कारण हात र घुँडाको शल्यक्रिया गराएकी एम्माले वर्षका अन्तिम दुई ग्राण्ड स्ल्याम गुमाउने भएकी हुँन् ।

२० वर्षीया रादुकानु २०२१ को युएस ओपनको शानदार जितपछि लगातार चोटको सिकार बनेकी छन् ।

निरन्तर टेनिस कोर्ट बाहिर रहदै आएकी उनी अर्को हप्ता विश्व वरीयतामा शीर्ष १०० बाट बाहिरिने छिन् । बेलायती नम्बर एकको रूपमा उनको स्थानमा विन्टर जोइडी बुरेज आउने सम्भावना छ ।

उनले यस महिनाको अन्त्यमा सुरु हुने फ्रेन्च ओपनका साथै विम्बल्डन लगायत ग्रास कोर्ट सिजन गुमाउने छन् ।

प्रतिक्रिया दिनुहोस्