युक्रेनको खेरसनमा मृत्यु हुनेको संख्या २३ पुग्यो l

रुसको पछिल्लो आक्रमणमा युक्रेनको दक्षिणी सहर खेरसनमा कम्तीमा २३ जनाको मृत्यु हुनुका साथै ४६ जना घाइते भएका छन् ।

खेर्सन क्षेत्रीय सैन्य प्रशासनका प्रवक्ता ओलेक्जेन्डर टोलोकोनिकोभको एक रिपोर्टमा उक्त कुराको जानकारी गराइएको थियो, जसमा रूसले रुसीहरूलाई स्वीकार नगरेकोमा खेर्सनका बासिन्दाहरूमाथि बदला स्वरुप हमला गरिएको थियो

रुसी सेनाले सुपरमार्केट, रेलवे स्टेशन र अन्य भीडभाड क्षेत्रहरूलाई निशाना बनाएको थियो।
दैनिकरुपमा रुसी आक्रमणबाट पीडित सहर र अन्य क्षेत्रहरू खाली गर्ने स्थानीय सरकारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्