सिंहदरबारमा सांकेतिक धर्ना, सिंहदरबारको काम ठप्प

 

आज संघीय निजामति कर्मचारी सेवा ऐनको माग गर्दै निजामति कर्मचारीहरुले सिंहदरबारको दक्षिण गेटमा सांकेतिक धर्ना दिएका हुन् । उनीहरुले संघीय निजामति ऐन जारी नगरे वैशाख २४ गतेबाट आन्दोलन झनै चर्काउने चेतावनी दिएका छन् । उनीहरुले २४ गतेसम्म पनि सरकारले आफूहरुका मागलाई चासो नदिए सिंहदरबारको काम ठप्प बनाउने र देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन ।

धर्ना कार्यक्रममा बोल्दै नेपाल निजामति कर्मचारी संगठनका उपाध्यक्ष प्रभात साहले संघीय निजामति ऐन तत्काल जारी गर्न माग गर्दा सरकारले बेवास्ता गरेकाले बाध्यतावश बिरोधमा उत्रिनुपरेको बताउनु भयो ।

यसअघि पनि निजामति कर्मचारीहरुले संघीय निजामति ऐन जारी गर्न माग गर्दै विभिन्न चरणमा सांकेतिक बिरोध जनाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्