राष्ट्रपतिद्वारा मन्त्री नियुक्त, मन्त्रीको सपथ भोलि दिउँसो ३ बजे हुने।

 

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज तीन जना मन्त्री नियुक्त, कानुनमन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य मन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बु, तिनै जना मन्त्री नेपाली कांग्रेसका ।।
राष्ट्रपति रामचन्द्र पौडेलले आज तीन जना मन्त्री नियुक्त गर्नुभएको छ ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम कानुनमन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य मन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्त गर्नुभएको हो ।

तीनै जना कांग्रेसबाट मन्त्री बनेका हुन् । यसअघि कांग्रेसभित्र भागबण्डा नमिल्दा कांग्रेसले भाग पाएको मन्त्रालयले पूर्णता पाउन सकेको थिएन । यससँगै कांग्रेसले भागमा पाएको आठ वटै मन्त्रालयले पूर्णता पाएको छ । नवनियुक्त तीन मन्त्रीको सपथ ग्रहण भोली मात्र हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलका परराष्ट्र सल्लाहकार सुरेश चालिसेका अनुसार नवनियुक्त मन्त्रीको सपथ भोलि दिउँसो ३ बजे हुनेछ ।

प्रतिक्रिया दिनुहोस्