सुडानबाट ३१ जना नेपालीको उद्धार

सुडानमा अलपत्र परेका नेपाली नागरिकको सुरक्षित उद्धारको प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ

कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका ३१ जना नेपालीमध्ये पोर्ट सुडान पुगेका १९ जनालाई साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट ३० अप्रिल २०२३ मा जेद्दा शहर पु¥याइएको छ । जेद्दा पुगेका १९ जनामध्ये ६ जना नेपाली मंगलबार रोजगारदाता कम्पनीको प्रबन्धमा दुवईस्थित सोही कम्पनीको शाखामा रहने भएका छन् । नेपाल फर्कन प्रतिक्षारत १३ जनामध्ये ८ जना आज एयर अरेबियाको उडानबाट काठमाडौं आइपुग्ने र बाँकी ५ जना भोलि बिहीबार जजिरा एअरवेजको उडानबाट नेपाल फिर्ता आउने परराष्ट्र मन्त्रालयले जनाएको छ।

सुडानमा सम्पर्कमा रहेका बाँकी ११ जनामध्ये ६ जनालाई पनि पोर्ट सुडानबाट जेद्दा हुँदै उद्धार गर्ने प्रयास जारीरहेको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
बाँकी ३ जना रोजगारदाता कम्पनीको प्रबन्धमा सुरक्षित रुपमा पोर्ट सुडानको होटलमा रहेका र अरु २ जनालाई रोजगारदाता कम्पनीले इजिप्टको सीमानास्थित सुरक्षित स्थानमा राखेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्