छिटो भन्दा छिटो प्रधान्यायाधीश पाउनुपर्छः कानून व्यवसायी

बुधवार नेपाल बार परिसरमा कानून व्यवसायीहरुले आन्दोलन जारी राखेका हुन् । उनीहरुले तत्काल प्रधानन्यायाधीश नियुक्ति गर्न माग गरेका छन् । आन्दोलनका क्रममा नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपालिका प्रमुख अविलम्व पाउनुपर्ने बताए, उनले अटोमेटिक ढंगबाट पेशी व्यवस्थापन प्रणाली हुनुपर्ने पनि बताए, उनले नेपालका विभिन्न निकायहरु आफ्नो भुमिकाबाट टाढिँदै गएको बताए, उनले नेपालको न्यायपालिकाले प्रमुख पाउन नसकेको विषय प्रमुख रुपमा रहेको र बेथितिको कुरा एकातर्फ मात्रै नरहेको, बेथितिको कुरा जताततै भएको कुरा बताए, संसद बेखबर छ । सरकार बेखबर छ । कयौँ विषयहरुमा न्यायपालिका पनि बेखबर छ । यो सबै विषयमा हामीले उठाउनुपर्ने आवश्यकता छ भन्ने आफ्नो भनाई राख्नु भयो
त्यैस्तै नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ चण्डेश्वर श्रेष्ठले नेपाल बारको आन्दोलन व्यक्तिको लागि नभइ संस्थाको लागि र अदालतमा भइरहेको गलत कामहरुको लागि भएको बताए, उनले उच्च र जिल्ला अदालतहरुमा बाँकी न्यायाधीश तत्काल पूर्ति गर्नुपर्ने माग गरे, कानून व्यवसायीहरुले संवैधानिक दायित्व पूरा गर, प्रधानन्यायाधीश नियुक्ति अविलम्व गर, सर्वोच्च अदालत र सबै अदालतहरुमा रिक्त रहेका न्यायाधीश तत्काल नियुक्ति गर, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ लगायतका प्लेकार्ड बोकेर बिरोध जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्