मंगलबार दिउँसो साढे १२ बजे ४ जनाको समूहले पेस्तोल ताक्दै लुटपाट गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी तथा प्रवक्ता दिलिप गिरीले बताए।
बैंकका अनुसार ३८ लाख रुपैयाँ लुटपाट भएको छ। ४ जनाको समूहमा आएका व्यक्तिहरुले प्रहरीलाई खबर गरे गोली ठोक्ने धम्की दिँदै लुटपाट गरेका हुन्। अहिलेसम्म प्रहरीले एक जनालाई पनि पक्राउ गरेको छैन।
लुटपाट गर्नेहरुको खोजीकार्य जारी रहेको डीएसपी गिरीले बताए। लुटपाट भएको सीसीटभी फुटेजसमेत बाहिरिएको छ। उक्त फुटेजमार्फत् लुटपाट गर्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। लुटपाट गर्ने आएकाहरु सबैले हातमा पेस्तोल बोकेका थिए।
उनीहरुले मुखमा पट्टी बाँधेका छन्। भने बैंकबाट लुटको पैसाका पोको बोकेर बाहिर निस्केको फुटेजसमेत देखिन्छ। लुटपाट हुँदा बैंकमा सर्वसाधारण रहेको फुटेजमा देखिन्छ। तर उनीहरुले भने लुटपाटको दृश्य हेरिमात्र रहेका हुन्छन्।
स्रोतः नेपाल लाइभ
प्रतिक्रिया दिनुहोस्