मोरङ प्रहरीले चोरीको ३५ किलो चाँदीसहित तिन जनालाई पक्राउ गरेको छ । जेठ ३ गते जयकिशोर चौधरीको घरबाट ३६ किलो चाँदी र २० तोला चाँदी चोरी भएको उजुरी परेको थियो ।
सुनचाँदी पसलको सामान घरमा राखेको अवस्थामा चोरी भएको हो। चोरी भएको भनिएको २० तोला सुन र ३६ किलो चाँदी मध्ये ३५ किलो चादी र ८ ग्राम सुन बरामद भएको उनले बताए । चोरीको सुन भारतमा लगेर ७ लाखमा बिक्री गरेको पाइएको प्रहरी बताएको छ। चोरीपछि चोरी गर्ने गिरोहका सदस्य तीन दिन होटलमा बसेर भारत तर्फ जादै गरेको अवस्थामा पक्राउ परेको प्रहरी उपरीक्षक पोखरेलले बताए।
प्रहरीका अनुसार विवेक कामत यसअघि चोरी मुद्दामा ९ महिना र दास डाका मुद्दामा २० महिना कैद सजायपछि छुटेका थिए।
स्रोतः अनलाइन खबर
प्रतिक्रिया दिनुहोस्