एक क्वीन्टल गाँजासहित दुईजनालाई पक्राउ

महोत्तरी प्रहरीले एक क्वीन्टल गाँजासहित दुईजनालाई पक्राउ गरेके छ ।

पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर भिमफेदी गाँउपालिका १ बस्ने २९ वर्षीय रुपेश गोले र सहचालक २६ वर्षीय अनिल पाख्रिन छन् ।

सोमबार राति १० बजे महोत्तरीको एकडारा गाँउपालिका ३ अजमरपट्टी स्थितबाट प्रदेश ३–००१ क ०२६९ नम्बरको ट्रकमा लुकाइछिपाइ लैजाँदै गरेको गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

दुबैजनामाथि जिल्ला अदालतबाट म्याद थप गरी आवश्‍यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

 

स्रोतः महोत्तरी न्युज

प्रतिक्रिया दिनुहोस्