नेपाल भलिबल खेलमा भारतसँग पराजित

काठमाडौं ।  घरेलु टोली नेपाललाई हराउँदै भारत एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा समूह ए’ को विजेता बनेको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा नेपाललाई हराउँदै भारतले समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।नेपाल भारतसँग ३-१ को सेटमा पराजित भयो ।  पहिलो सेट १२–२५ को अन्तरले गुमाएको नेपालले दोस्रो सेटमा २४–२६ ले पराजित भयो ।  । तेस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पारेर नेपाल खेलमा फर्किएको थियो । तर, चौथो सेट भारतले २५–२१ ले जित्यो ।

जितसँगै समूह ‘ए’ को भारत ३ खेलमा ९ अंक शीर्ष स्थानमा छ । पराजित नेपाल ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ । समूह ए को उपविजेता बनेको नेपालले शुक्रबार हुने सेमिफाइनल खेलमा समूह बी को विजेता काजकिस्तानसँग खेल्नेछ । समूह ए को विजेता भारतले सेमिफाइनल खेलमा समूह बी को उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ ।

प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा काजकिस्तान र किर्गिस्तानले जित निकालेका छन् ।  बुधबारको अन्तिम खेलमा माल्दिभ्स र श्रीलंका खेल्ने छन् ।  राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामानेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानको सहभागिता  छ ।

समूह ‘ए’ मा घरेलु टोली नेपाल सहित भारत बंगलादेश र किर्गिस्तान छन् । समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान छन् ।

 

स्रोतः साझा पोष्ट

प्रतिक्रिया दिनुहोस्