लागुऔषधसहित एक जना पक्राउ

अछाममा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको बान्निगढी जयगढ गाउँपालिका–४ तिमल्सेनबाट लागूऔषध एक जना पक्राउ परेका हुन्। एक ग्राम ९ सय २० मिलिग्राम लागुऔषधसहित सोही गाउँपालिका–३ धाराशैनका २१ वर्षीय शंकर ठकुल्लालाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मंगलसेनबाट खटिएको प्रहरीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्