अस्ट्रेलियामा छक्का पञ्जा ४ हाउसफूल

दीपकराज गिरीसहित दीपाश्री निरौला र केदार घिमिरे समूहको चलचित्र ‘छक्का पञ्जा ४’ ले नेपालमा मात्र नभइ अस्ट्रेलियाको नेपाली सिनेमाको बजार पनि तताएको छ।

अष्ट्रेलियाको सिड्नीमा मात्र दश शो गरिसकेको यो चलचित्रले अन्य राज्यमा थप २० शो हाउसफुल भएको छ।

सिड्नीको बैंकसटाउनस्थित होय्टस सिनेमामा हाउसफुल १० शो सकेपछि यसका बितरकहरू थप हौसिएका छन्।

दर्शकको माग र चाहना बढेपछि अब बरउडको इभेन्ट्स सिनेमामा आगामी शुक्रबार,शनिबार र आइतबार शो थपेको छक्का पन्जाका अस्ट्रेलियाका बितरक सायन इन्टरटेन्टमेन्टका गोविन्द भण्डारीले जानकारी दिए।

‘सिड्नीमा हामीले कुल २० शो हाउसफुल हुने अनुमान गरेका छौ’, भण्डारीले भने।

हेमराज बिसीले निर्देशन गरेको यो चलचित्र राजनीतिलाई पृष्ठभूमि बनाएर तयार पारिएको छ। यसको पटकथा तथा संवाद अभिनेता गिरीले तयार पारेका हुन्।

प्रतिक्रिया दिनुहोस्