आफैँलाई आगो लगाएका आचार्यको निधन

संसद् भवनअगाडि मंगलबार आफैँलाई आगो लगाएर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा आज बिहान ५ बजे निधन भएको हो ।

मंगलबार अपराह्न सामाजिक सञ्जालमा देशमा बाँच्न सक्ने अवस्था नरहेको भन्दै स्टाटस लेखेर संसद् भवनअगाडि पुगेर आफ्नै शरीरमा आगो लगाएका थिए ।

प्रहरीले उद्धार गरेर उनलाई २० मिनेटभित्रै अस्पताल पुर्‍याएको थियो । चिकित्सकहरूले आचार्यको शरीरको ८० प्रतिशत भाग जलिसकेको बताएका थिए ।

उनले आफूलाई भेट्न गृहमन्त्री रवि लामिछानेलाई पनि पठाइदिन आग्रह गरेको राज्यमन्त्री तोसिमा कार्कीले बताएकी थिइन । बिहान ५ बजे उहाँको निधन भयो , अस्पतालका एक चिकित्सकले भने ।

आचार्यले आत्मदाह प्रयास गर्नुअघि फेसबुकमा साढे ६ हजार शब्दको स्टाटस लेखेका थिए । जसमा उनले जीवनमा पाएका हण्डर र ठक्कर उल्लेख गरेका छन् । उनले आत्मवृतान्त लेख्दै गर्दा अस्तव्यस्त मुलुकमा एउटा व्यवसायीले भोगेको पीडा बाहिर आएको छ ।

३६ वर्ष पार गर्दा पनि गरिएका कर्मबाट केही उपलब्धि हासिल गर्न नसकेको र देशमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, वैदेशिक रोजगारमा जाँदा र उद्योग चलाउँदा भोग्नुपरेका समस्या र ती समस्याहरूबाट पाएको ठक्करका चोटहरू उनले आत्मवृतान्तमा उतारेका छन् ।

-बागमति समाचार बाट साभार

प्रतिक्रिया दिनुहोस्