चार्ल्स शोभराजलाई फ्रान्स पठाइयो, १० वर्ष नेपाल आउन प्रतिबन्ध

काठमाडौं । कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराजलाई उनकै देश फर्काई दिएको छ । उनलाई शुक्रबार साँझ अध्यागमन विभागले फ्रान्स पठाएको हो ।

यसअघि सर्वोच्च अदालतले शोभराजलाई रिहा गरेर फ्रान्स पठाउन आदेश दिएको थियो । सोहीअनुसार उनलाई आज साँझ फ्रान्स डिपोर्ट गरिएको हो ।

उनलाई कतार एयरवेजको जहाजमा फ्रान्स पठाइएको अधिकारीहरूले जानकारी दिएका छन् । उनलाई १० वर्ष नेपाल आउन प्रतिबन्ध लगाइएको छ । १९ वर्ष नेपाली जेलमा रहेका शोभराजले फ्रान्समा क्रिसमस मनाउने बताएका छन् ।

नेपाललगायत विभिन्न मुलुकमा शोभराजले २० जनाको हत्या गरेका थिए । भारतलगायतका जेलबाट फरार हुन सफल भएका उनी नेपालमा सन् २००३ मा ठमेलबाट पक्राउ परेका थिए । त्यसपछि उनीमािथ नेपालमा २ जना विदेश पर्यटकको हत्या गरेको आरोपमा मुद्दा चलाइएको थियो । सन् २०१२ सर्वोच्च अदालतले आरोप दोषी ठहर गर्दै २० वर्ष कैद सजाय सुनाएको थियो ।

शोभराज भारतीय मुलकी आमा र भियतनामी बाबुबाट जन्मिकएका हुन् । उनकी आमाले पछि फ्रान्सेली नागरिकसँग बिहे गरेकी थिइन् । त्यसपछि उनी फ्रान्सेली नागरिक भएका थिए ।

प्रतिक्रिया दिनुहोस्