वैदेशिक शिक्षाका नाममा ७ महिनामा पौने ४४ अर्ब बाहिरियो

काठमाडौँ । केन्द्रीय बैंककाअनुसार चालु आर्थिक वर्षको ७ महिनामा वैदेशिक शिक्षा (एब्रोड) का नाममा मात्र पौने ४४ अर्ब रुपैयाँ बराबरको नगद बाहिरिएको छ । समीक्षा अवधिमा सेवातर्फको खर्चमा नेपालबाट विभिन्न देशमा गरी कूल ४३ अर्ब ७४ करोड रुपैयाँ बाहिरिएको हो । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ३९ अर्ब ९६ करोड रहेकोमा शिक्षातर्फको व्यय २२ अर्ब ६० करोड रुपैयाँ रहेको थियो । तुलनात्मक रुपमा यसवर्ष शिक्षातर्फको खर्च ९३.५४ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको ७ महिनामा सेवातर्फको खर्च बढेको छ । केन्द्रीय बैङ्कका अनुसार साउनदेखि माघ महिनासम्ममा सेवातर्फ कुल ३२ अर्ब २४ करोड रुपैयाँ आर्जन हुँदै गर्दा उता ६२ अर्ब ५७ करोड रुपैयाँ बराबरको खर्च बाहिरिन पुगेको हो । जसबाट आर्थिक वर्षको ७ महिनामा नै मुलुकलाई ३८ अर्ब ५५ करोड रुपैयाँ बराबरको घाटा लाग्न पुगेको छ । यद्यपि, समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण आय १०७।४ प्रतिशतले र भ्रमण व्यय ५६।६ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्ष यस्तो आय÷व्यय क्रमशः १५ अर्ब ५४ करोड रुपैयाँ र ३९ अर्ब ९६ करोड रुपैयाँले घाटमा रहँदा कूल घाटा ५५ अर्ब ९ करोड रुपैयाँ पुगेको थियो ।

-बागमति समाचार बाट साभार

प्रतिक्रिया दिनुहोस्