शेयर बजारको कारोबार उकालो

काठमाडौं, जेष्ठ ११ / नेपालको राजनीतिक घटनाक्रममा आधारित रहेको शेयर बजारको कारोबार जेष्ठ ११ गते उकालो लागेको छ । सेयर बजार परिसूचक नेप्से बुधबार १४.३७ अंकले वृद्धि भएको हो ।
बुधवार शेयर बजारको परिसूचक नेप्सेमा दोहोरो अङकले बृद्धिसँगै नेपाल स्टक एक्स्चेन्ज परिसूचक पनि बृद्धि भएको छ । एक्स्चेञ्जको अङ्क बुधवार केही माथी पुगेर पनि कारोबार बन्द हुने समयमा २२२३.५७ अंकमा स्थिर रहेको नेपाल स्टक एक्चेञ्जको सार्वजनिक सूचनामा जनाईएको छ ।
२२४३ अंकसम्म पुगेको शेयर बजार बुधबार दिनभर २२६ कम्पनीका १ अर्ब ४ करोड रुपैयाँ बराबरको २४ लाख ९४ हजार कित्ता सेयर कारोबार भएको थियो । जेष्ठ ११ गते सेयर बजारमा सबै उपसमूहरुका परिसूचक बृद्धि हुनुका साथै बैंकिङ समूह ८ अंकले र व्यापार समूह २९.३१ अंकले बढेको थियो ।
होटल, विकास बैंक, जलविद्युत, वित्त, जीवन बिमा, निर्जीवन बिमा, जलविद्युत्, उत्पादमूक, लघुवित्त, म्युचुअल फन्ट, लगानी र अन्य समूहका परिसूचक हरियो देखियो भने बलेफी हाइड्रोपावर, मैलुङ खोला जलविद्युत् आयोजना, सिंगटी हाइड्रोपावर, गुराँस लघुवित्त, नेपाल इन्सुरेन्स कम्पनीका लगानीकर्ताहरुले नोक्शान व्यहोर्नु पर्यो । त्यस्तै कर्पोरट डेभलपमेन्ट बैंक, लक्ष्मी लघुवित्त, समृद्धि फाइनान्स, मार्दी हाइड्रो र प्रभु लाइफ इन्सुरेन्सका लगानीकर्ताले शेयर विक्रीमा धेरै मूल्य गुमाए ।

-ततोखबर बाट साभार

प्रतिक्रिया दिनुहोस्